I have lots and lots of stories
That i will never say
Lived the life without doing anything
and waiting for the day
When I find the time and think
what I have ever done
Nothing is there that I have to mention
When Someone come and ask me something to say
I will sing this song and will tell him I am waiting for the day
But I am growing older
Now i feel stories need to deliver
Who can be my soldier of fortune *2
Far from the distance some one asking me
Use the lyangfyang and share your old stories
Tell my stories what I have ever done
There is something that is to be mentioned
Someone may listen to my song
And they will say what they have learned
But I am growing older
Now i feel stories need to deliver
Who can be my soldier of fortune *2
Thursday, 3 November 2016
Lyangfyang
Sunday, 22 May 2016
हुरी चाल्यो पानी पर्यो
हुरी चाल्यो पानी पर्यो चारै तिर
असार लाग्यो हिलो भयो चारै तिर
लौ है साथी जौ है संगै खेत तिर
हिलो खेल्न गोड् मेल गर्न, धान रोप्न
हिलो खेत मा रोपिने यो धन
खुशीले भरियो मेरो मन
हिलो खेत मा रोपिने यो धन
खुशीले हसियो नाचियो, यो तन
बतास चल्यो, बादल लाग्यो चारै तिर
मेघ गज्र्यो, पानी पर्यो चारै तिर
लौ है साथी जौ है संगै खेत तिर
हिलो खेल्न गोड् मेल गर्न धान रोप्न
हिलो खेत मा रोपिने यो धन
खुशीले भरियो मेरो मन
हिलो खेत मा रोपिने यो धन
खुशीले हसियो नाचियो, यो तन
किसान आयो, धान रोप्यो खेत भरी
मन मा खुशी, हर्श चयो गवै भरी
लौ है साथी जौ है संगै खेत तिर
हिलो खेल्न गोड् मेल गर्न, धान रोप्न
-९ जेष्ठ २०७३
Saturday, 9 April 2016
स्वतन्त्रताको पराकाष्ठ देखी बन्दीगृह सम्म मेरो देश ।
जेल शब्द को अर्थ त सबै लाई थाहा होला तर यसको विपरीतार्थी शब्द के होला ?
मेरो एक मिलनसार साथी ले एक वार्तालाप मा एउटा यादगार वाक्य भन्दै थियो कि, " हाम्रो कलेज त जेल जस्तो छ "
के सचिकै नेपाल को कलेज जेल नै हो त ?
जुन देशका हरेक विधालयका शिक्षक देखी विधार्थी लाई राजनिती गर्ने छुट छ त्यो देशका शैक्षिक क्षेत्र कसरी जेल हुन सक्दछन ?
सचिकै नेपाली समाज जेल नै हो त ?
के नेपाल देश नै जेल हो त ?
त्यसपछी मलाई नेपाली म जेल शब्द को विपरितार्थक अर्थ खोज्न मन लाग्यो ?
जेल शब्द जसले श्रोता को कान लाई नै चनाखो बनाउछ ।
एउटा यस्तो शब्द जसले बन्देज र सिमितता मात्र बोध गराउछ ।
कसैले भन्ला नेपाल त जेल हो !!
तर नेपाल त जेल को विपरीतार्थी हो !
चरित्रहिन स्वतन्त्रता को नग्न रुप हो ।
छाडापनको पराकाष्ठ हो ।
जसरी जेल म सिमित क्षेत्र मा सिमित मनिस हरु लाई रखिन्छ त्यसको ठीक उल्टो नेपाल मा हुन्छ
नेपाल त जेल को विपरित शब्द हो
कसरी ?यसको व्याख्या म सविस्तार गर्नेछु ।
जेल मा कैदी हरु लाई सिमित अवधी को लागि रखिन्छ तर नेपाल मा - युवाहरु लाई वैदेशिक रोजगारीमा जानको लागि तयार पारीन्छ त्यो पनि असिमित अनिश्चित समयएको लागि ! यस्ता विरलै उदाहरण छ्न जहाँ यो देशका लागि यो देशमा युवा तयार पारियो अनि विदेश गएर स्वदेशका लागि युवा तयार भएर आए ! र यस्ता घटना दुर्लभ छ जाहा देशबाट तयार भएर विदेश गएको युवा सन्तुष्ट छ ।
जसरी जेलमा मा कैदी को स्वन्त्रतता हनन हुन्छ नेपाल मा नेपाली लाई यति धेरै बाहिर जाने स्वतन्त्रता कुनै देश मा पनि छैन !
संसारको कुनैपनी सरकारले यसरी पासपोर्ट बेचेर युवालाई देशनिकाला गर्दैन !
र संसारको कुनैपनी देशको युवा विदेशिन लालायित छ भने सायद सिरियाका रिफुजी !
पासपोर्ट वाला वैदेशिक रोजगारीमा जाने प्रक्रिया पनि निशुल्क गरिएको छ । यदि भिसा पासपोर्ट आदि इत्यादि को झन्झट गर्नु छैन भने महान छिमेकी भारत निकट छ हाम्रो राजा त्रिभुवन देखि सयौ नेता र खेताला सम्म लाई शरण दिने देश !
कुनै जेल कारागार वा बन्दीगृह निश्चित कानुनी वैधानिक बाटो बाट चल्दछ ।जेल तोडनु जेल भित्रको नियम तोडनु भनेको गैरकानुनी हुन्छ!
तर नेपालमा कानुन नियम र वैधानिक मार्ग बाट च्युत भएका चुतियाहरु गर्व गर्दछ्न ।
यहाँ भ्रष्टाचारी लाई रास्ट्रीय झण्डा ओढाएर दाह संस्कार गरिन्छ गरिब जनता सग कात्रो ओढ्ने क्षमता छैन ।
यहाँ खुम बहादुर जस्ता भ्रष्ट लाई फुलमाले जेल बाट छुट्दा स्वागत गरिन्छ ।
नेपालमा जति धार्मिक स्वतन्त्रता संसारको प्राय कमै मुलुकमा होला । यहाँ बिहान घर बाट चन्दन लगाएर हिडेको छोरो बेलुका "यशु मसिह" को भक्त भएर आउन पाउछ ।
आर्थिक दृष्टिकोणले पनि देश पुर्ण स्वतन्त्र छ ।कर नतिरेर कारबाही गरिएका ठुला घटना विरलै छ्न । नक्कली भ्याट बिल काण्ड त्यसै बन्द भयो । कालोबजारी लाई राज्यले सुरक्षा दिन्छ ।
नेताका यौन व्यवसाय देखि कार्यकर्ताका देह व्यापार सम्म यहि देशमा मौलाएका छ्न ।
यो देश बन्दिगृह हैन अधिक स्वतन्त्रता र दण्डहीनता को सिकार बनेको छ । मनपरीतन्त्रले देशलाई पलपल बलात्कार गरिरहेछ।
नेपाल जेल हैन । नेपाल को स्वतन्त्रता बढी भएर नेपाली विदेशको बन्दीगृहमा बस्न बाध्य छ्न ।
नेपाल विदेशी जेलका लागि बन्दी उत्पादन गर्ने कारखामा हुन सक्छ तर जेल हुन सक्दैन । यो अधिक अपाच्य स्वतन्त्रता को भद्दा रुप हो ।
हरेक नागरिक ले राज्य लाई कम्तिमा पाँच वर्ष श्रमदान गर्नु पर्ने नियम राख्नु पर्ने देशमा सरकारी छात्रवृत्तिमा पढेका नेपाली नै विदेशबाट नेपाल नफर्की उतै बसेर नेताले देश बिगारे भन्छ्न ।
जेलमा बलात्कारी कैद गरीन्छ तर नेपालमा बलात्कारी कैद गर भनेर आन्दोलन गर्दा लाठी चार्ज गरीन्छ । जेलमा भ्रष्टाचारी कैद गरीन्छ तर नेपालमा भ्रष्टचार गर्न स्वतन्त्रता छ ।जेलमा सिमीत स्रोत साधन हुन्छ तर नेपालमा अत्याधिक प्राकृतिक आर्थीक सामाजिक स्रोत साधनको दुरुपयोग हुन्छ !चाहे चाडपर्व मनाउन होस वा राजनितीक भोज !
संसारको हरेक राज्यमा अभिव्यक्ती स्वतन्त्रताको एक सिमा हुन्छ तर नेपाल एक यस्तो देश हो जाहा देश विखण्डनका नारा लगाउने छुट छ ।जसले जाहा जे बोल्ने पनी छुट छ । यो बन्दीगृहको विपरीतार्थी नभए के ?जेल मा त अलिकती बोल्यो कि जेलर ले दश ठाउमा छाप बस्ने गरी ठोक्छ ।
नेपालमा तपाईले केही गर्नु पर्दैन ।दिन प्रतिदीन गाली गर्नुस चर्को विरोध गर्नुस आङकाजी शेर्पा सिके राउत खगेन्द्र सग्रौला बन्न गाह्रो छैन ।
माथि को वाक्य तर्फ जडै , जहाँ हुन देश मा कलेज स्कुल मा राजनीतिक गर्ने , भ्रस्त्रचर गर्ने र चित्त नबुझेको समुह ले तल बन्धी गरिन्छ त्यो सैचिक संस्थान कसरी जेल जस्तो भयो त ?
Subscribe to:
Comments (Atom)