Tuesday, 22 September 2015

मधेस आन्दोलन

मधेसको आन्दोलन चर्किँदै गर्दा, सायद सम्पूर्ण तराईबासीको मन पनि कतै चिरिएको होला।
देशकै लागि अन्न फलाउने मधेस, देशका ५५% जनतालाई आश्रय दिने मधेस, बाँच्नका लागि सबैलाई सहारा बनेको मधेस।

तर मधेसको मुख्य शत्रु न त कुनै नेता हो, न कुनै जात, न कुनै शक्ति।
मुख्य शत्रु हो — अशिक्षा र अज्ञानताको अन्धकार।

शिक्षा नै हो मानव जीवनको आँखो।
तर जब जन्मिएर पनि ज्ञानको अनुभूति गर्न नपाइने अवस्था आउँछ, त्यो मानव केवल बाँच्ने त सक्छ, तर जागृत जीवन बाँच्न सक्दैन।
त्यो अज्ञानताकै कारण मधेस मात्र होइन, पहाडका दुर्गम बस्तीहरूमा पनि अनगिन्ती मानिसहरू आजसम्म पछाडि परेका छन्।

देशको भविष्य कोरिँदै गएको यो बेला, आन्दोलनको जरो पनि त्यहीँ अज्ञानता, अशिक्षा र पुराना कुरितीमा छ, जसले मधेसीहरूलाई आफ्नै अन्धकारमा बाँधेर राख्यो।

राणा शासनपछि जब चेतनाको उज्यालो देशभर फैलियो, त्यसको किरण मधेसमा पनि पुग्यो।
तर सजिलो भूभाग भएर पनि मधेसमा जमिनदार प्रथा, शोषण, पञ्चायती दमनले पुनः अन्धकार फैलायो।
शिक्षाको उज्यालो अङ्गालेका केही मधेसीहरू अगाडि त बढे, तर धेरैले आफ्नै भूमिप्रति उत्तरदायित्व देखाउन सकेनन् — यो पनि कमजोरी रह्यो।

हरेक समाजमा निम्न वर्गलाई थिच्ने प्रवृत्ति हुन्छ; मधेस पनि त्यसबाट अछुतो रहन सकेन।
समयसँगै धूर्त र अवसरवादीहरूले शासनमा पहुँच पाए, र शिक्षा चेतना अभावले मधेसीहरू विकासका योजनाबाट टाढा परे।
फलस्वरूप, बहुदलीय शासन आउँदासम्म त्यो खाडल झनै गहिरो बन्यो।

मधेसले आधारभूत सुविधाहरूको स्वाद त चाख्यो, तर त्यो अवसर सीमित वर्गसम्म मात्र पुग्यो।
त्यो असमानताकै कारण मधेसभित्र पनि नयाँ विभाजन जन्मिँदै गयो।

परिवर्तन एक दशकमा हुँदैन — पुस्तौँ लाग्छ।
तर मधेसले जस गतिमा चेतना र विकासतर्फ बढ्नु पर्ने थियो, त्यो रफ्तार पाइएन।
आजको आन्दोलन पनि त्यसैको परिणाम हो।

जसले शिक्षा र चेतना आत्मसात गरे, ती मध्ये कतिपय मधेसप्रति वफादार रहन सकेनन्, कतिपय भ्रष्ट राजनीति वा निराशाको कारण पलायन भए।
मधेसले पहाडी, भारतीय, भूटानी र अन्य समुदायलाई पनि आफ्नै भूमिमा खुलेर स्वागत गर्‍यो।
तर पछिल्ला दशकमा बिस्तारै स्वार्थ, छल, जातीयता र “मेरो–तेरो”को भावना बढ्दै गयो, जसले पुराना मधेसीहरूलाई झन् दबायो।

साँचो कुरा — सबै मधेसी पछाडि परेका छैनन्।
धेरै मधेसीहरू आज विश्वभर अब्बल नेपालीका रूपमा चिनिएका छन्।
तर मधेसमा बलिरहेको यो आगोको जिम्मा राज्य प्रणाली, ब्राह्मणवाद, भ्रष्ट राजनीति, स्वार्थी मधेसी नेतृत्व र निराशामा डुबेका आफ्नै मानिसहरूले लिनै पर्छ।

त्यससँगै नारीमाथिको अन्याय, दाइजो प्रथा, र परिवर्तनलाई अस्वीकार गर्ने पुराना सोच पनि मधेसका गहिरा घाउ हुन्।

अब चेतना हरेक हृदयमा स्पन्दित छ।
परिवर्तनको बिगुल बजिसकेको छ।
आफ्नो पहिचान र अधिकारका लागि मधेस बोल्न थालेको छ।
शायद केही वर्षमा होइन, तर केही दशकमा यसको परिणाम देखिनेछ — र त्यो अपरिहार्य छ।

Tuesday, 15 September 2015

महिला अधिकार

जता पनि अधिकार , समनता को चर्चा चलिरहेय् को बेला, आफ्नो नितन्त निजी bichar
" महिला पुरुष लाई समान बेबहर गर्ने, महिला हरु पनि असमानता को भुमरिमा एसरी अल्झिएको छ। Aba समनता भनेको येस् ढंग बाट हुनु पर्‍यो कि अब जन्ती लिएय्र जाने महिला पनि हुन सकोश, जन्ती फर्किएर लिएर जाद दुल्हा लाई लिएएर जाने होस्,पुरुश ले महिला सँग बिह गर्दा दाईजो दियोश, महिला हरु ले दग्बत्ती जलाउन पवोश्,महिला ले पनि मन्दिर मा पुजेरी भएर पूजा गर्न पवोश, महिला ले पनि अफु लाई मन लागेय् एउटा पति छोडेर अर्को पति रख्ना पवोश। पुरुष ले अधिकार को हक मा जती जे पाउन्छ तेती महिला ले पनि पवोश, र समाज ले पुरुष लाई अधिकार को हक मा जे दिएको छ त्यो महिला ले पनि पावोश। के यो जाएज छैन त " कसैले यो मेरो कुर सुनेर व पढेर मुसुक्क हस्ने मुख बाटर्ने लाई मेरो जवाफ, परिवर्तन को कुर गर्ने तर यो परिवर्तन को जाएज माग पुर हुन क् अर्थ बाट गल्ती छ? केटा मान्छे ले रक्षी , चुरोत खान हुने तर केटी ले खादा अपहेलित हुनु पर्ने किन? एइ हो समाज ? 

Monday, 14 September 2015

मैले देखेको मधेस

मधेस को आन्दोलन चरकदै गर्द, सयद सम्पूर्ण तराइ बासीको मन पनि चिरिएको होला देश कै लागि धान फ्हलौने मधेस , ५५% नेपाली लाई घर दिएको मधेस बाँच्नलाई एउटा शाहारा दिएको मधेस
मधेस को मुख्य दुस्मन कोइ नेता होईन, कोइ जात होईन, कोइ भौगोली बिकत्ता होईन, कुनै शक्ती होईन ।शिक्षाको पहुच नहुनु अज्ञान्त को अन्धकर नै हो प्रमुख दुस्मन  
शिक्ष्या नै हो एउटा मनिस को लोचन तर जब मनिस जन्मिएर पनि ज्ञान को अनुभुती गर्न पाउदैन त्यो मनिस एउटा जगृत मनिस भएर बाँच्न सक्दैन उन्नत समज को उत्कृस्था परै जवोश एउटा समान्य प्राणइ भएर पनि भाग लिन सक्दैन अज्ञान्ता ले नै गर्दा मधेस मात्र होईन पहाड का कुना कप्तेर मा बसेक ति सम्पूर्ण  मानब जिब हरु अझै पनि निर्कृस्था को जिन्दगी ब्यतित गर्न बध्य छन भावी देश को रुप रेखा कोरिदै गएको बेला यो दन्किदै गएको आन्दोलन को ब्रिजरोपन अज्ञानत अशिक्षा मधेसी लाई उनिहरु को आफ्नै पुरनो अन्धकर मा जेलिएको कुरिती मुख्य कारण पनि हो  
राणा शासन लाई दाग्बत्ती दिये पछी जब ज्ञान , चेतना को प्रकाश सम्पूर्ण देश को कुना कुनामा पुग्यो मधेसमा एस प्रकाश को बिजरोपन छिटो छरितो भयो। सुबिधा सजिलो धरतलिये क्षेत्र को मधेस मा अन्य बिकासको योजन हरु को पनि छिटो छिटो पदर्पन भएको देखिन्छ तर पुन जाहनिये शासन , जमाइन्डअरी प्रथा , कमैया प्रथा , शोषन प्रब्रिती ले पाँचयती कालमा आफ्नो गहिरो जरा  गाड्न सफल भयो जस्को फल्स्वोरूप पुन मधेसका ति तमाम शालकहरु अन्धकर को दुनियाँमा नै रुमालइन पुगीए छित्पुत रूपमा पुरनो क्रमलाई तोद्दै अगाडि आएक मधेसी हरु पनि क्रम्भङत को द्रिस्तन्त हुन सकेनन क्रम्भङताको पात्र बनेकाहरु जस्ले शिक्षा को ज्योति लाई अङिकार गर्न सफल भये उनिहरु ले पनि आफ्नो धर्ती प्रती वफदरित देखौन नसक्नु पनि एउटा कम्जोरी देखियो
जून शुकै समाज मा होस् सभ्यता मा होस् , निम्न स्थर को मनिष लाई थिचो मिचोमा पार्ने एउटा नियम जस्ताइ भएको मधेसका ति मानब हरु पनि तेस नियम बाट छुत्कारा पाउन शकेका छैनन समय को बिकाससँगै चलाख धुर्त हरु को राइदाइ चल्न थल्यो तेस मौका मा मधेसी हरु को मुख्य भुमी मा शिक्षा को चेतना ले ज्ञान फैलौन सकेको थिएन एस्तो परिस्थिती मा उनी हरु बिकास का योजना बिकास प्रती अभिमुखिकरन बाट बन्चित हुनु पर्यो जस्को फल्स्वोरूप बहुदलिये शासन आउँदा सम्ममा त्यो खाडल ठुलो देखियो हुन शिक्षा , स्वास्थ्य , बाटो , बिजुली , पानी जस्ता आधारभूत आवश्य्क्ता मधेस ले पहाड ले भन्दा धेरै चख्न पएपनी त्यो चाख्ने मौका भने पुन सिमित मनिषले मात्र पाये जस्को फल्स्वोरूप मधेस भित्र पनि बिस्त्रै खाडल पैदा हुँदै गयो  
कुनै पनि परिवर्तन एक बर्ष मा एक दशक मा हुँदैन क्रमिक बिकास को फल्स्वोरूप देखिने बिकास को लागि कयौ पुषता हरु फेरिन्छ तर मधेस्मा जुन रफ्तरमा  साकारअत्मक दिशा तर्फ अगाडि बद्नु पर्ने थियो अपेछित रूप मा त्यसरी अगाडि बढ्न  सकेन फल्स्वोरूप अहिले को आन्दोलन हो
चेतना को स्वद लिएक मधेसीहरु पनि या मधेस प्रती वफदर हुन सकेनन या पुरानै राज्य सत्ता को भ्रस्ट राजनीति मा होमिये कोइ बित्रिशना को कारण ले गर्द देश बाट नै पलायन भये मधेस ले मधेसी बाहेक को पहाडी , भारती केही अन्श मा बुर्मेली , भुटानी हरु लाई आफ्नी उर्बर भुमी मा खुला ह्रिदय् को साथ स्वागत गर्यो तेसैमा पछील्लो काल मा भएको ब्रिहत बन बिनस ले झन एस कर्ये मा मल्जल गर्ने कर्ये भयो उही बाठो , धुर्त , सेवा चप्लुसी , मेरो तेरो मान्छे को भावना ले जब पछील्लो दशकमा जग लिएर  एउटा ठुलो सन्क्रमन रोग को रूप लियो अनी ति पुरन मधेस बासी हरु झनै थिचो मिचो मा परे
मधेसी हरु पछाडि पर्यो भन्दा पनि शिमन्तक्रित मधेसी हरु पछाडिको पछाडि नै पर्यो भन्नु उचित होला तेस्ता पनि द्रिस्टाण्तहरु छन् जहाँ मधेसी हरु एउटा अब्बल नेपाली भएर दुनियाँ मा पारीचित छन तेसैले मधेस मा जलेको यो अगो मा राज्य शत्ता प्रनाली , ब्रह्मबाद , अनुचित राजनीति गर्ने स्वय्म मधेसी हरु बित्रिशना को शिकर भएक मधेसी हरु को प्रमुख जिम्मेवेरए एती मात्र नभएर , मधेस को कुरितीहरु जस्ले गर्दा अहिले पनि नारी लाई तिरस्क्रित गरिन्छ , छोरी लाई दाईजो सँग बेचिन्छ , परिवर्तन का बहाक लाई शहरश नस्विकर्ने कारणहरु पनि थुप्रै कारण हरु मधेय् हुन .
अहिले चेतना ले सबैको ह्रिदय् छोएको परिवर्तन को बिगुल फुकिसकेको , परिवर्तन का सम्बहक अगाडि आएका छन , बित्रिश्हन्ना सबै त्यगेक छन , आफ्नो पहिचन को रक्षा को लागि दबिएको आवाज निकाल्न जानेका छन जस्को परिणाम् केही बर्ष नहोला तर केही दसक मा ढेखिन्छ यो अकाट्य