हुरी चाल्यो पानी पर्यो चारै तिर
असार लाग्यो हिलो भयो चारै तिर
लौ है साथी जौ है संगै खेत तिर
हिलो खेल्न गोड् मेल गर्न, धान रोप्न
हिलो खेत मा रोपिने यो धन
खुशीले भरियो मेरो मन
हिलो खेत मा रोपिने यो धन
खुशीले हसियो नाचियो, यो तन
बतास चल्यो, बादल लाग्यो चारै तिर
मेघ गज्र्यो, पानी पर्यो चारै तिर
लौ है साथी जौ है संगै खेत तिर
हिलो खेल्न गोड् मेल गर्न धान रोप्न
हिलो खेत मा रोपिने यो धन
खुशीले भरियो मेरो मन
हिलो खेत मा रोपिने यो धन
खुशीले हसियो नाचियो, यो तन
किसान आयो, धान रोप्यो खेत भरी
मन मा खुशी, हर्श चयो गवै भरी
लौ है साथी जौ है संगै खेत तिर
हिलो खेल्न गोड् मेल गर्न, धान रोप्न
-९ जेष्ठ २०७३