
सायद जहिलेबाट जीवजन्तुलाई खानुपर्छ भन्ने चेतना आयो, त्यसैबेलादेखि यस शब्दको प्रयोग भएको भन्दा कसैले नकार्न सक्दैन होला । राजनीतिलाई विग्रह गर्दा राजनीति हुन्छ अर्थात् शासन गर्ने नीति। त्यसकारण एउटा सानो टुक्राले आफ्नो लाज लुकाउदै एउटा लौरोको भरमा मानिसले आफ्नो दम्भ देखाउन सुरु गरेदेखि राजनीतिले खुट्टा घुमाएको हुनुपर्छ।
यो शब्द पनि गजबकै छ हँसियादेखि कोदालोसम्म सबै समेट्ने शब्द हो। अब भन्नुस् कसरी राजनीतिको ‘र’ आफै हँसियासम्म र खेत जोत्ने कोदालोदेखि लिएर सीमाना मिच्ने कोदालोसम्म ओगट्छ। साँच्चै भन्नुपर्दा यो शब्द जुराउने त एकदमैको विद्वान हुनुपर्छ। एकजना हाम्रा मित्र जो आफुलाई वर्तमान राजनीतिका ज्ञाता भन्छन्, उनी त यस शब्दप्रति नै कम्युनिष्ट ढङ्गबाट विरोध गर्दै भन्छन्, 'राजतन्त्र हटिसक्यो, राजसंस्था च्युत भइसक्यो, राजतन्त्रबाट गणतन्त्र र लोकतन्त्र आइसक्यो, एउटा शहरबाट अर्को शहर जोड्ने राजमार्ग लोकमार्ग भइसक्यो यस्तो परिस्थितिमा नयाँ नेपालको ठूलो म्यान्डेटबोकेको समयमा राजनीति भन्नु त यथास्थितिवादी हो, अब यसलाई त लोकनीति वा गणनीति भन्नुपर्छ। यसो हात टाउकोमा राखेर गम्दा, तै हो कि जस्तो लाग्यो पनि!
राजनीति होस् वा गणनीति वा लोकनीति, यस्तो बिँझेको शब्द अरु के होला। बरु चन्द्रनहर र जुद्धनहर पुगेको खेतपानीले वर्षाबाहेकका दिनमा भिज्दैन, गाउँ छोडेर शहरमा भरियाको मुखमा पानी भिज्दैन, पहाडको गाउँ काँठमा शिक्षा भिजेको छैन होला तर यो महान शब्द सबैको कण्ठमा सबैको हृदयमा भिजेको छ। राजनीतिति शब्दको बारेमा एउटा कूचीकारसँग विचार-विमर्श गर्दा उनको बुझाई त झन गजबको लाग्यो। शब्द आँफै हँसिया, डाडु, नल र कोदालाको सम्पुर्ण रुप नै राजनीति हो रे! र— हसिया, ज—डाडु, न—नल, त—कोदालोको आकारको हुन्छ, त्यसैलेपनि योशब्द बृहत्त छ हँसिया हतौडा पार्टीभन्दा नि विशेष, घर पार्टीको डाडु भन्दा नि पृथक, गाँउको नल मा गरिने भेदभावभन्दा नि विभेदपूर्ण र खेत खन्ने कोदाला भन्दा पनि बलियो शब्द हो रहेछ, राजनीति । अनि किन नहोस् त राजनीतिको सम्प्रभुता।
यतिसम्म आइपुग्दा यो राजनीति शब्द न त तत्सम हो, न त आगन्तुक। यो त नेपालकै वनपाखा, भीरछँहरा, हिमाल-पहाड र तराईबाटै सृजित झर्रा शब्द हो भन्ने लाग्छ। नेपालभित्र राजनीतिले यस शब्दको ‘र’ ले जत्तिकै नेपालको हरेक क्षेत्रमा प्रभाव पारेको छ। गाउँको गोरेटो र घोडेटो बनाउनेदेखि काठमाडौंको भोगटे व्यापारमा, फुल चढाएर देउता खुशी पार्ने सरकारी मन्दिरमा होस्, खेती लाउने जमिनको सिंचाईमा होस् वा निमुखा जनताको जमिन मिचाईमा होस्, योगदेखि भोगसम्म, कर्मचारीको भत्तादेखि बेश्याको लत्तासम्म, पशुपतिनगरदेखि सुस्ताको भारतसम्म यस ‘र’ बाट निस्किएको राजनीतिको प्रभाव छ। पशुपतिनाथ होस् वा पन्छिपत्नीको दानपेटिकामा होस, भिक्षुको पँहेलो आम्बरमा होस् वा तराईको डाँकुको कम्बरमा होस् जताततै ‘र’ माने हँसियावाला राजनीति घुसेको छ। संघीयताको चर्को नारा, वर्गसंघर्षको घिनलाग्दो पारामा चै राजनीतिको ‘ज’ को धेरै प्रभाव छ अर्थात् 'जातजाती'। अब सोध्नुहोला ‘न’ को प्रभाव, यो त झन छर्लङ्र्ग छ नयाँ नेपालमा नेताहरुको नौटङ्की नाटक निमुखा जनताले निर्क्योल निकाल्नन सक्ने यो नानाथरीले सुसज्ति नीच र नैतिकहीन नाटकमा राजनीतिमय ‘न’ को टन्नै प्रभाव छ। अब ‘त’ अक्षरको प्रभाव मैले भन्नुभन्दा तपाईं आफै तलबमात्र खाने तहविलदारलाई सोध्नुस् वा तीन महिना मन्त्रीको कुर्सी तानेर तीन पुस्ताका लागि सम्पत्ति जम्मा गर्नेलाई सोध्नुस् वा तरकारी व्यापारीबाट हप्ता-हप्तामा तलब बझ्नेलाई सोध्नु, तबलाबाट धुन निकाल्नेलाई सोध्नु वा तबेलाबाट धिनलाई सोध्नु सबैले'राजनीति'को ‘त’ को तारिफ गर्न पछि हटदैनन्।
अब नेपालबाहिर यस राजनीतिनितीले आफ्नो कपडा फेरेर नेपाली पोलिटिक्स हुँदापनि यसको चालामाला त उही। आफ्नो नाममा बहादुर थपेर दरवान काम गर्नेको जमात जसले देशमा भन्दा विदेशमा धेरै सुख्खा रोटी खाएका छन्, जसका खुट्टाले दिउँसोको घाम देख्न कहिल्यै पाउँदैन उनीहरुले नेपालको सुनौलो भविष्य देख्छन्र भन्दा र’छन्, होइन ए, अब नेपालमा चुनाव हुने जस्तो छ कहिले हुनेरे ! यस्ता गफदेखि लिएर आफ्नो राजनीतिकनितीक पार्टीलाई दिनभरीको पसिना जम्माभएर मोजामा शोपिएको पसिनf जस्तै थोरैथोरै पैसाले पोएदै पार्टीका गफगर्नेहरुमा पनि राजनीतिनितीको गजबको रुप देख्न सकिन्छ। बिहान डुटी जाने समयमा जेनतेन इन्टरनेट चल्ने मोबाइलमा नेपाली समाचार डाउनलोड गरेर दिउँसोकोब्रेकमासुन्ने यी नेपालीले खै अहिलेसम्म मत नहालेपनि कुन पार्टीको सरकार भन्नेमा मत राख्नचाँही पछि हट्दैनन्। यस्तै एनरोईड, विन्डोज र आईफोन चलाउने विदेशमा बस्ने नेपालीहरु बेलामौकामा फेसबुक ट्रिवटरको भित्तामा आई मिस नेपाल भन्दै आफ्नो इन्रटरनेटको मैदानमा चौका हान्न पछि हटदैनन्। साथसाथै 'आई हेट नेपाली पोलिटिक्स !' भन्दै वास्ता नि गदैन भन्दा भो। जब नेपाल आउछन् केही दुईचार हप्ताको छुट्टीमा मा अनि तीनले देख्छन् नेपालको पोलिटिक्स, बन्दले घरमै, लोडसेडिङले अँध्यारो कोठामा थुनिदा अनि फेरि सराप्न थाल्छन् उही अङग्रेजी पारामा। र भन्छन, नेपालमा सुव्यवस्था आयो भने नेपालमै फर्कन्छु नत्र ..................... । यी नेपालीलाई पनि राजनीतिको असर त परेको छ।
जसरी असारको समयमा कुनै खेतपनि बर्षातको पानीले नभिजेको हुँदैन त्यस्तै छ नेपालको हरेक क्षेत्र, न्यायपालिका होस् वाअर्थपालिका, विद्युत प्राधिकरण होस् वामिडियाप्राधिकरण सबैमा राजनीतिको र, ज, न, त सबै घुसेको छ। यसैले यत्रतत्र सर्वत्र भन्ने संस्कृत वाक्याशंयस राजनीति शब्दको लागि एकदम सान्र्दभिक छ। स्कुले बच्चादेखि त 'यो पार्टी म यो पार्टीको' भन्नेहरु हुदैनन् त स्वार्थी र विरोधी युनियन (स्ववियु)का नेता ? पुलिसले अपराधीलाई, क्याम्पसमा विद्यार्थीलाई, विद्यालयमा शिक्षकलाई अस्पतालमा डाक्टरलाई, अदालतमा न्यायधिशलाई, बैंकमा म्यानेजरलाई सोधिने पहिलो प्रश्न 'हामी कुन पार्टीको हो?' अब यो लेख छपाउनुपूर्व पनि मलाई यसरि नै प्रेसले सोध्नेछ, हामी कुन पार्टीको ? मैले जवाफ दिनेछु यहि हिजो पल्लो घरमा छिमेकीले एउटा पार्टी खोलेछन् अहिलेसम्म त्यहि पार्टीको नै छु।
जय नेपाल ! जय राजनीति ! उर्फ् जय लोकनीति ! जय गणनीति !!!
No comments:
Post a Comment