Thursday, 9 October 2014

नेपाली आमा

आँसु गह भरी
खसाल्दै छिन् पानि सरी
रुँदै छिन् आवाज ननिकाली
कति शान्त छिन् हाम्री सहनशाली 


घरमा अशान्त व्याप्त छ
कुकर्म समाजमा छ्यापछ्याप्त छ
सुरक्षा छैन आतंक वकराल छ
गाँउमा अन्न छैन अनिकाल छ

कहिले आउँछ घरमा शान्ति
कहिले सकिन्छ विनाकामको क्रन्ति
कहिले अन्त हुन्छ भाइ भाइको फाटो
कहिले रोज्छन् सबले बुद्धको बाटो

कहिले हास्ने छन् सन्तान रमाई
कहिले पाउने छन् बुद्धि कमाई


. . . . . आउनेछ त्यो दिन
अनि उनी हास्नेछिन्
समाजमा विकासको मुल फुट्ला
अनि उसको शिर गर्वले उठ्ला ।।

No comments:

Post a Comment